नागढुङ्गा–पिप्लामोड सडक खण्डमा १० दिन यातायातका साधन रोकिने

नागढुङ्गा–पिप्लामोड सडक खण्डमा १० दिन यातायातका साधन रोकिने नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आउँदो वैशाख २२ गतेदेखि १० दिन आंशिकरुपमा बन्द हुने भएको छ ।
मर्मतका लागि पर्सि सोमवारदेखि वैशाख मसान्तसम्म १० दिन राति ११ देखि बिहान ३ बजेसम्म गाडी चलाउन रोकिने नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

निर्माणाधीन सडकको काम पूरा गर्न सवारी साधन रोकेरै काम अघि बढाइने आयोजनाले जनाएको छ ।

काठमाडौंबाट छुटेका गाडीलाई नागढुङ्गा चेकपोस्टमा तथा काठमाडौं भित्रिनेलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । रोकिएका गाडीलाई बिहान ३ बजेपछि मात्रै जान दिइनेछ ।

सडक खण्ड बन्द हुँदा साना तथा मझौला गाडीका लागि वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको छ ।

यो बेला सितापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न भनिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *