अप्रिल महिनामा पर्यटक आगमन उत्साहजनक : एक लाख १६ हजारभन्दा धेरै भित्रिए
काठमाडौं— गएको अप्रिल महिनामा एक लाख १६ हजार ४ सय ९० जना विदेशी पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अप्रिल महिनाको विदेशी पर्यटक आगमनका हिसाबले यो अहिलेसम्मकै उच्च सङ्ख्या हो ।
अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९ सय ३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र बेलायतबाट ६ हजार ८ सय ३८ पर्यटक नेपाल भित्रिएका छन् ।
कोरोना महामारी अघि सन् २०१९ को अप्रिल महिनामा एक लाख नौ हजार ३ सय ९९ विदेशी पर्यटक नेपाल आएका थिए । अघिल्लो वर्ष सन् २०२४ को अप्रिलमा यो सङ्ख्या एक लाख ११ हजार ३ सय ७६ थियो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहजनक रहेको बताए ।
गएको जनवरीयता कुल चार लाख १५ हजार ४८ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जनवरीमा ७९ हजार ९ सय ९१, फेब्रुअरीमा ९६ हजार ८ सय ८० र मार्चमा एक लाख २१ हजार आठ सय पर्यटक नेपाल आएका थिए ।
Facebook Comment