बेलायतमा बेपत्ता नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं— बेलायतको लण्डन वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको छ ।

त्यहाँको प्रहरीले शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवम् उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए ।

ओली गएको अप्रिल २१ तारिखदेखि सम्पर्कविहीन भएपछि उनी अध्ययनरत क्याम्पसका विद्यार्थीले प्रहरी र नेपाली दूतावासलाई जानकारी गराएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *