प्रशेषलाई भ्वाइस अफ नेपालको उपाधि

काठमाडौं । सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार राती भएको ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए ।

प्रतिष्पर्धामा कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।

विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १र१ लाख रुपैयाँ प्राप्त गरे । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे ।

फिनालेमा ‘भ्वाइस’को सिजन ३ का विजेता किरण गजमेरले मेलिना राईसँग ‘छपक्कै फूल फुल्यो बाटोमै’ गाए । कोच राजुले प्रमेशसँग ‘बादल पारीको देशबाट’ गाउँदा कोच खेमले प्रशेषसँग ‘रम रम मरौटी’ सुनाए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *