के घर के डेराः घर नं. २ को ट्रेलर सार्वजनिक

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेराः घर नं २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा घर र डेराबीच अन्तर छ । घर मोहले निम्त्याएको समस्या प्रष्ट देखाइएको छ । घर नै सबैथोक हो, प्रतिष्ठाको प्रतीक हो भन्ने अहिलेको यथार्थलाई देखाइएको छ ।

घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष र त्यसले सिर्जना गरिरहेको नकारात्मक पक्षलाई ट्रेलरले देखाएको छ । घर मोहले बिग्रिएको आर्थिक कारोबार र परिवारलाई ट्रेलरमा प्रष्टसँग देखाउने काम निर्देशकले गरेका छन् ।

‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता सफल सोसल ड्रामामा फिल्म दिएका निर्देशक खनालको फिल्म ‘के घर के डेराः घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

घर र डेरा कै कारण जतिसुकै उचनिच व्यवहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको अन्त्यमा के पर्छ यसबारे पनि ‘के घर के डेरा स् घर नं २’ले भन्ने निर्देशक खनालले बताएका छन् ।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको फिल्ममा छायांकन रहेको छ । फिल्मको निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *