यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रूपैयाँ ४९ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रूपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १८० रूपैयाँ ७६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ २१ पैसा र बिक्रीदर १६३ रूपैयाँ ९३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ २७ पैसा र बिक्रीदर ८६ रूपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रूपैयाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ १५ पैसा र बिक्रीदर १०३ रूपैयाँ ६१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८ रूपैयाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रूपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रूपैयाँ १७ पैसा तोकेको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०३ पैसा र बिक्रीदर चार रूपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २६ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४० पैसा निर्धारण भएको छ ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९० पैसा र बिक्रीदर १३ रूपैयाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ४९ पैसा र बिक्रीदर २० रूपैयाँ ५८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ३९ पैसा र बिक्रीदर १७ रूपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रूपैयाँ ७६ पैसा र बिक्रीदर ४४१ रूपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रूपैयाँ ८० पैसा र बिक्रीदर ३५९ रूपैयाँ ३९ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ९४ पैसा रहेको छ ।भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
Facebook Comment