राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा सुब्बा

काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्वाचित भएकी छन् ।

महासङ्घको काठमाडौँमा आज सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको हो ।

सुब्बा यसअघि महासङ्घको उपाध्यक्ष थिइन् । महाधिवेशनले उपाध्यक्षमा अशोक राई र नमुना शर्मा, महासचिवमा आरसी शर्मालाई चयन गरेको छ ।

त्यसैगरी उपमहासचिवमा होमराज श्रेष्ठ, सचिवमा अमृत खाती, अशोक प्यासी राई, सुवास मल्ल र पदम रोकायलाई सर्वसम्मत चयन गरेको छ । महासङ्घले समसामयिक बिषयमा १३ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *