प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष विजय चालिसेको निधन
काठमाडौं । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष विजय चालिसेको निधन भएको छ । गोरखापत्रको पूर्व सम्पादकसमेत रहेका चालिसेको शुक्रबार बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो ।
चालिसेको गोकर्णेश्वर घाटमा अन्तिम संस्कार गरिने प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।
Facebook Comment