आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

काठमाडौं— सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२-०८३ को बजेट सार्वजनिक गर्दै कूल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेका हुन्।

कूल बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड र पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ९९ करोड रहने अर्थमन्त्री पौडेलको भनाइ छ।

सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता ५ हजार बढाएको छ ।

यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो ।

तर, स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

तर, महँगी भत्ता नै बढाएर ५ हजार पुर्‍याएको उनले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *