राजावादीको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई पक्राउ

काठमाडौं— काठमाडौंमा जारी राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ ।

केहीबेर अघि मात्रै दुई व्यक्तिलाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको हो ।

राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीहरूले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *