‘राष्ट्रिय युवा सङ्घलाई एकढिक्का बनाउँछौँ’
गण्डकी । राष्ट्रिय युवा सङ्घ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले सङ्घभित्रको आन्तरिक एकतालाई थप मजबुत पारिने बताएका छन् ।
पोखरामा मङ्गलबार सम्पन्न सङ्घको दशौँ राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित थेबेले आज पत्रकार सम्मेलनमा सङ्घलाई एकढिक्का बनाउने उल्लेख गरे ।
‘महाधिवेशन स्वस्थ तवरबाट सम्पन्न भएको छ, यो हार–जितको विषय नभई सङ्गठनभित्रको आन्तरिक प्रतिस्पर्धा हो’, उनले भने, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुरालाई यो महाधिवेशनले स्थापित गरेको छ ।’
महाधिवेशनबाट जित्नेहरू उत्साही हुुनुपर्ने र पराजित भएका निराश हुनुपर्ने आवश्यकता नरहेको थेबेको भनाइ थियो । अध्यक्षका अर्का प्रत्याशी सुमन पुरीलाई पराजित गर्दै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् ।
Facebook Comment