प्रेमध्वज सम्मान र पुरस्कार घोषणा

काठमाडौं । गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले उनको जन्मजयन्तीको अवसर पारी प्रत्येक दुई वर्षमा स्रष्टा सम्मान तथा पुरस्कार प्रदान कार्यक्रम गर्दै आएको छ । यसलाई निरन्तरता दिँदै हालै प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा गायक प्रधानकी धर्मपत्नी श्रीमती किरण प्रधानको अध्यक्षतामा बसेको बैठकले २०८२ साल जेष्ठ २७ गते मङ्लबार स्रष्टा सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

जसअनुसार बैठकले सम्मानित तथा पुरस्कृतको सूची सार्वजनिक गरेको छ । यसपटकको कार्यक्रम स्व. प्रधानकै जन्मथलो सिन्धुपाल्चोकको चौतारामा गरिनेछ ।

बैठकले यसवर्षको एक लाख रुपैंयाँ राशीको ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान– २०८२’ गायिका मीरा राणालाई, ५० हजार रुपैंयाँ राशीको ‘प्रेमध्वजप्रधान राष्ट्रिय वाद्यसङगीत सम्मान– २०८२’ वाद्य सङ्गीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई, ५० हजार रुपैंयाँ राशीको ‘प्रेमध्वजप्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार–२०८२’ गायक सुरज कुमार थापाज्यूलाई र २५ हजार रुपैंयाँ राशीको ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार–२०८२’ सिन्धुपाल्चोक निवासी गायक चन्द्र सिं घलेलाई प्रदान गर्ने निर्णय गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *