राष्ट्रिय युवा संघमा क्षितिजसहित प्यानलै विजयी

पोखरा । यहाँ भएको नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौ महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ । थेवे १८८ मतान्तरले विजयी भएका हुन् ।

थेबेले ७९७ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् । युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईँ विजयी भएका छन् । उनका प्रतिस्पर्धी ६४९ मत ल्याएका छन् ।

अध्यक्षका उम्मेदवार थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरूङ र विनय शाही, महासचिवमा महेश चौलागाईं र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेशी सचिवमा मोबिन आलम उम्मेदवार बनेका थिए।

१ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो । महाधिवेशनमा पदाधिकारी र सदस्यमासमेत गरेर ३ सय ९९ जनाको उम्मेदवारी परेको थियो ।

पदाधिकारी ९ जनासहित १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १ सय ६३ पदमा निर्वाचित हुनेछन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *