पोखराको कोटिहोममा राधिका दासीले कथा वाचन गर्ने
पोखरा— पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा राधिका दासी कथा वाचन गर्ने भएकी छन् । उनी १६ गते पोखरा पुगेर १७ गतेदेखि कथा वाचन गर्नेछिन्।
ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा जेठ १७ देखि जेठ २६ गतेसम्म राधिका दासी कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
दासीले महायज्ञमा १० दिनसम्म श्रीमद देवीभागवत कथा वाचन गर्ने छिन् । सय कुण्ड भएको यज्ञ होम होमादी हुने ठाउँमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेकी बताएकी छन् ।
‘यस्तो ऐतिहासिक कोटिहोम आफ्नो जेनेरेसनले देखेको पहिलो पटक हुनु पर्दछ यस्तो दिव्य स्थानमा कथा वाचन गर्न म आउँदै छु’ उनले भनिन् ‘कथा वाचनको साथ साथमा त्यहाँ हुने करोडौँ हवनमा पनि हजुरहरू सदा सर्वदा आएर जोडिनु होला । म पनि आउँदै छु तपाईँहरू पनि आउनुहोस् कोटिहोममा भेटौला ।’
जारी कोटिहोममा जेठ १० गतेदेखि कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरिरहेकी छन् । देवी प्रतिभाले जेठ १६ गतेसम्म कथा वाचन गर्ने छिन । प्रतिभाको बिदाइसँगै दासी कथा वाचन गर्ने छिन् ।
Facebook Comment