बाजुराको काडाकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

बाजुरा : जगन्नाथ गाउँपालिका–२ काडाकोटमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

दुर्घटनामा नेपाल टेलिकम दुरसञ्चार प्राधिकरण बाजुराका प्रमुख लोकबहादुर बिष्ट, जीप चालक कर्ण महत र बडीमालिका नगरपालिका–७ ढम्कनेका रबी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहोराले जानकारी दिए ।

दुर्घटनामा परेर बुढीनन्दा नगरपालिका २ का अन्दाजी २५ वर्षीय नन्दबहादुर तिरुवा र २२ वर्षीय लोकेन्द्र तिरुवा घाइते भएका छन् । उनीहरूको उद्धार गरी तत्कालै कोल्टी आधारभूत अस्पताल लगिएको सूचना अधिकारी बोहोराले बताए । उनीहरूको अवस्था मध्यम रहेको बताइको छ ।

नेपाल टेलिकमअन्तर्गत दुरसञ्चार प्राधिकरणको टोली सवार बा ५ च २२०९ नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको थियो । दुर्घटनाबारे अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *