नरसिंहाः अवतारमा दर्शकको चासो

काठमाडौं । गत जेठ ९ गते शुक्रबारबाट महानायक राजेश हमालको कमव्याक फिल्म ‘नरसिंहाः अवतार’ देशव्यापी प्रदर्शनमा आएको छ । ८ वर्षपछिको कमव्याक फिल्म भएकाले पनि यो फिल्म दर्शकको प्रतिक्षामा थियो । जसको प्रभाव बक्सअफिसमा देखिएको छ ।

यो फिल्मले प्रदर्शनको २ दिन शुक्रबार र शनिबार उत्साहजनक सुरुवात गरेको छ । वितरक करण श्रेष्ठका अनुसार फिल्मले शुक्रबारबा बिहानी शोमा ४० प्रतिशत अकुपेन्सी देखिएपनि दिउँसोदेखि साँझमा शोमा ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको थियो । शनिबार भने बिहानी शोबाट नै नरसिंहा अवतारमा दर्शकको उत्साहजनक साथ मिलेको छ ।

शनिबार काठमाडौं उपत्यकामा मात्रै होइन मोफसलमा पनि महानायक हमालको क्रेज हलमा देखिएको वितरक श्रेष्ठले बताए । हलमा दर्शकको चापसँगै दर्शक प्रतिक्रिया पनि उत्कृष्ट मिलेको छ । फिल्मले उठाएको कथावस्तु, एक्सन पक्ष र महानायक हमालको अभिनय र अभिनेत्री सनिशा भट्टराईको अभिनयलाई दर्शकले मन पराएका छन् ।

यससँगै शनिबार दर्शकसँग साक्षात्कार गर्न महानायक राजेश हमाल करिब १० बर्षपछि देशकै धेरै सिट क्षमता भएको हल अष्टनारायण पुगेका हुन् । उनी त्यहाँ पुग्दा करिब १ हजारबढि दर्शकले फिल्म हेरिरहेका थिए । फिल्म हेरिरहेका दर्शक अगाडी महानायक हमाल पुग्दा दर्शकले ताली र सिठ्ठी सहित स्वागत गरेका थिए । जहाँ हमालले दर्शकसँग फिल्मको बारेमा प्रतिक्रिया लिँदै सेल्फी खिच्न तछाड मछाड नै चलेको थियो ।

करिब १० वर्षपछि अष्टनारायण हल पुग्दा हमाल पनि उत्साहित देखिन्थे । उनीले हलमा स्टेजमा पुगेर सिनेमामा समावेश गीत अच्छा लेकिन लण्डनको चिसोले समाउलामा नृत्य समेत गरेका थिए । महानायक हमालले अष्टनारायण फकिँदै गदा मिडियासँग छोटो प्रतिक्रिया दिँदै १० वर्षपछि यसरी सिंगल स्क्रिन दर्शकमाझ पुग्न पाउँदा पुराना दिन ताजा भएको बताएका थिए ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । राजु विक्रम थापाको छायांकन तथा साहिल खानको सम्पादन रहेको फिल्मले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *