युवा संघको महाधिवेशन उद्घाटनका तस्बिर

काठमाडौं— सत्तारुढ नेकपा (एमाले) को युवा संगठन युवा संघको महाधिवेशन आजदेखि सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरे । पोखरामा जारी महाधिवेशनले संघको नयाँ नेतृत्वमा चयन गर्नेछ ।

नेतृत्वका लागि आधा दर्जन नेताहरू आकांक्षी देखिएका छन् । उनीहरू सर्वसम्मत अध्यक्षको दाबीमा रहेका छन् । केही भने चुनावी प्रतिस्पर्धामा जान पनि तयार देखिएका छन् । तर, पार्टी नेतृत्वको चाहना चुनावभन्दा सर्वसम्मत हुनुपर्ने देखिएको छ ।

पोखरा जानुअघि युवा संघका अध्यक्ष क्षितिज थेबेसहित पार्टीका नेताहरूसँग अध्यक्ष केपी ओलीले नेतृत्व चयनमा चुनाव नगर्न सुझाव दिएका छन् । सोही सुझावपछि युवा संघमा अध्यक्ष आकांक्षीहरूको संख्या पनि कम भएको बताइन्छ ।

हेर्नुहोस् महाधिवेशन उद्घाटनका तस्बिर ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *