धौलागिरि क्याम्पसमा उद्यमशिलता प्रवर्द्धन कार्यशाला
काठमाडौं- बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा उद्यमशिलता प्रवद्र्धन कार्यशाला सम्पन्न भएको छ । क्याम्पसको सहयोग र उद्यमी क्लबको आयोजनामा स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीकालागि यो कार्यशाला आयोजना गरिएको अध्यक्ष सृष्टी आचार्यले जानकारी दिइन् ।
आइतबार र सोमबार संचालन भएको कार्यशालामा उद्यमशिल सोच र सीप बिकास गर्न विद्यार्थीलाई अभिप्रेरित गरिएको थियो । कार्यशालामा व्यवस्थापन संकायका ४० विद्यार्थी सहभागि थिए । सहभागि विद्यार्थीले विभिन्न परियोजना बनाएका छन् । तालिमका सहभागिले बनाएका योजना मध्ये ५ व्यवासयिक योजनालाई प्रभु आइडिया प्लसले व्यवसायिक योजना कार्यान्वयन गर्न सहयोग गर्नेछ ।
कार्यशालामा क्याम्पसका प्राध्यापकहरुले फरक फरक विषयमा प्रस्तुतीकरण र प्रशिक्षण गरेका थिए । सो अबसरमा देववहादुर क्षेत्रीले प्राथमिक तथा द्वितियक अनुसन्धान र व्यवसायिक अनुसन्धानको अवधारणा विषयक कार्यपत्र प्रस्तुतीकरण गरे । उक्त प्रशिक्षण पछि विद्यार्थीले ती विषयलाई मल्टिमिडिया बाट तयार गर्न सक्ने भएका छन् ।
कार्यक्रममा सुवास केसीले डिजिटल मार्केटिङका अवधारणाहरु र नवराज शर्माले बजेटिङ सम्बन्धी व्यवहारिक जानकारी दिएका थिए । धवलागिरी बहुमुखी क्याम्पस उद्यमी क्लबकी अध्यक्ष सृष्टी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिकृष्ण अधिकारीले कम्पनी दर्ता सम्बन्धी प्रस्तुतीकरण, यमप्रसाद शर्माले उद्यमिशिलता विकासका चुनौती बारे जानकारी गराए ।
उपप्राध्यापक जोहन बज्राचार्यले व्यवसायमा जोखिम व्यवस्थापनको विषयमा प्रस्तुती तथा प्रशिक्षण गरे । कार्यक्रममा स्ववियुका निर्वतमान अध्यक्ष सुदिप सागर कंडेल र युवा उद्यमी अञ्जिल शाक्यले आफ्नो व्यवासयिक जीवनको अनुभव र यात्रा बारे जानकारी गर्दै विद्यार्थीलाई सहजीकरण गरेका थिए ।
उद्यमी क्लाकी अध्यक्ष सृष्टी आचार्यको अध्यक्षता र समिर शर्मा तथा रोहित शाहको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Facebook Comment