गौशालामा ७ गाडी ठोक्किए, १५ जना घाइते

काठमाडौं– काठमाडौंको गौशालामा बस अनियन्त्रित हुँदा १५ जना घाइते भएका छन् । बुधबार बिहान ११ बजे तिर गौशालाबाट एयरपोर्टतर्फ जाँदै गरेको बस अनियन्त्रित हुँदा सो दुर्घटना भएको हो ।

बा ५ ख ६७३५ नम्बरको बस अनियन्त्रित हुँदा एकै पटक ७ वटा सवारीसाधन दुर्घटनामा परेका प्रहरीले बनाएको छ ।

घाइतेहरूको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *