रुखले किचेर डडेल्धुरामा बुहारीको मृत्यु, सासु घाइते

डडेल्धुरा— डडेल्धुराको आलिताल गाउँपालिका -६ मा एक घरमा रुख ढल्दा बुहारीको मृत्यु भएको छ भने उनकी सासू घाइते भएकी छन्।

बुधबार बिहान करिब ६ बजेतिर आएको हावाहुरीका कारण आलिताल–६ दोबाटास्थित रतन कामीको घरमाथि ढलेको रुखले उनकी श्रीमती २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको हो । मृतककी सासू राधा कामी घाइते भएकी प्रहरीले जनाएको छ ।

घर माथिबाट ढलेको सल्लाको रुखले कामीको ज्यान लिएको हो । मुत्यु भएकी रविना कोठामै थिइन्,अचानक घरमाथि रुख खसेर उनको मृत्यु भएको स्थानीय राम कुँवरले जनाएका छन् । स्थानीयका अनुसार राधालाई कम्मर र टाउकोमा गम्भीर चोट लागेको छ ।

उनलाई स्थानीयले प्रहरीको सहयोगमा उदार गरि अस्पताल पुर्‍याएका छन्। मृतक कामीका एक छोरा र एक छोरी छन् ।कामीको घर पूर्णरूपमा क्षति भएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *