पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदै
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन्। चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी जेठ १० गते बेइजिङ प्रस्थान गर्ने भएकी हुन्।
पूर्वराष्ट्रपतिको सचिवालयका अनुसार उनले चीनमा उच्चस्तरीय राजनीतिक भेटवार्ता र मानसरोवर यात्रा गर्ने छिन्।
एक साता लामो भ्रमणले दुई देशबीचको सांस्कृतिक र राजनीतिक सम्बन्धमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
Facebook Comment