प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिकाका जलवायुु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्धा बनेको जलवायुु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरवैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिए । उनले हिमालदेखि समुद्रसम्मको अवधारणमाा ठुला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असम्लग्न राष्ट्रहरुले साझा प्रयास चाल्नुुपर्ने बताए ।

सगरमाथा संवादका लागि उक्त मुलुकबाट नेपाल आएका विशेष प्रतिनिधि बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देशहरु विश्व समुुदायसमक्ष पुु¥याउने बताए ।

भेटका अवसरमा नेपालका लागि अजरवैजानका गैह्रआवासीय राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *