नरसिंहाः अवतारको मेरी प्यारी छोरी

काठमाडौं । यही जेठ ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक भएको छ ।

गीतमा स्वरुपराज आचार्यको स्वर, मुक्त उदासको शब्द र अर्जुन पोखरेलको संगीत छ । सार्वजनिक गीतले बाबु र छोरीबिचको प्रेम प्रस्तुत गरेको छ । गीतको भिडियोमा नायक राजेश हमाल, नायिका नीति शाह र बाल–कलाकार एल्भिना खड्कालाई फिचरिङ गरिएको छ । गीतमा एल्भिनाप्रति राजेशको प्रेम, नीति शाहसँगको प्रेमभावलाई प्रस्तुत गरिएको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, सरोज खनाल, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मको गीत र ट्रेलरले दर्शकहरुको उच्च साथ पाएका कारण फिल्मले बक्स अफिसमा इनिसियल रुपमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ । फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकाल र ध्रुव न्यौपानेको लगानी छ ।

फिल्म ‘नरसिंहाः अवतार’को यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । चन्द्र पन्तको कथा रहेको यो फिल्ममा राजु तामाङको एक्सन, राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *