कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं– सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा विचारविमर्श हुने बताइएको छ ।
Facebook Comment