छोरी र भतिजको हत्या गरी आत्महत्याको प्रयास
चितवन— एक पुरूषले खुर्पा प्रहार गरी आफ्नै छोरी र भतिजको हत्या गरेका छन् । चितवनको भरतपुर महानगरपालिका- २५ शुक्रनगरस्थित किसान चोकका ४२ वर्षीय लिलाराज गिरिले आफ्नी छोरी सात वर्षीया प्रभा र दाजुको छोरा ५ वर्षीय साजन गिरिको हत्या गरेका हुन् ।
शुक्रबार बिहान १० बजे उनले खुर्पा प्रहार गरेका थिए। गम्भीर घाइते भएका साजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको हो । घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए ।गम्भीर अवस्थाका उनको उपचार भइरहेको छ।
प्रहरीका अनुसार लिलाराजले किन खुर्पा प्रहार गरे भन्ने खुलेको छैन । अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल चितवनले जानकारी दिएको छ।
प्रहरीका अनुसार लिलाराज मानसिक रोगी थिए।
Facebook Comment