यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रूपैयाँ १९ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रूपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ४६ पैसा र बिक्रीदर १८२ रूपैयाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६२ रूपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रूपैयाँ ६४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ १८ पैसा र बिक्रीदर १०५ रूपैयाँ ६४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३६ पैसा र बिक्रीदर नौ रूपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १९ रूपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६४ पैसा तोकेको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रूपैयाँ ०३ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७७ पैसा र बिक्रीदर नौ रूपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०३ पैसा र बिक्रीदर १४ रूपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५० पैसा र बिक्रीदर २० रूपैयाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४९ पैसा र बिक्रीदर १७ रूपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ २७ पैसा र बिक्रीदर ४४६ रूपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ९२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ८० पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३६ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *