काँग्रेस नेता मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।

अख्तियारले बिहीबार पूर्वसञ्चार मन्त्री बस्नेत, पूर्व कानुन सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

उनीहरूविरूद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको छ। भ्रष्टाचार मुद्दा दायर भएसँगै कांग्रेस सांसद बस्नेतको प्रतिनिधि सभा सांसद पद स्वतः निलम्बन भएको छ। यस प्रकरणमा नाम जोडिएका पूर्वसञ्चार मन्त्री गोकुल बास्कोटा, पूर्वसञ्चार मन्त्री ज्ञानेन्द्र कार्की र पूर्वमुख्य सचिव बैकुण्ठ अर्याललाई मुद्दा लगाउन नपर्ने अख्तियारको निष्कर्ष छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *