प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाऔँ : सांसद शेर्पा

काठमाडौं— राष्ट्रियसभामा नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाउन आग्रह गरेका छन्।

राष्ट्रियसभाको बुधवारको बैठकमा सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले माग आएको ठाउँमा हवाई पूर्वाधार बनाउने नभई आवश्यकता भएको र प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार विकास गर्न आग्रह गरे।

उनले साहसिक खेलहरू, पर्यापर्यटन, पूर्वाधार विकासलाई तीव्रता दिन माग गरे। उनले पर्यटन विकासका लागि वन तथा निकुञ्ज क्षेत्रको उपयोग गर्ने कुरा जटिल भए पनि त्यसको सही सदुपयोग हुनुपर्ने बताए।

शेर्पाले भने, ‘हामीले यो हवाई पूर्वाधारमा पनि जहाँ प्रतिफल आउँछ, त्यहाँ बनाउनु पर्छ। साहसिक खेलहरू, पर्यापर्यटन, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्छ।’

सांसद शेर्पाले विद्युत् उत्पादनलाई हाइड्रोपावरमा मात्रै नभई वैकल्पिक विद्युत्‌मा पनि जानुपर्ने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *