रविन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ ।
मिश्रकी पत्नी सारिका कार्कीले आफ्नो पतिलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएपछि अदालतले यस्तो आदेश दिएको हो ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले रविन्द्रलाई अदालतमा स–शरीर उपस्थित गराउन आदेश दिएको छ ।
Facebook Comment