के घर के डेराः घर नं. २ को बुकिङ खुला
काठमाडौं । ‘के घर के डेराः घर नं २’को अग्रिम बुकिङ खुला भएको छ । जेठ २ गते रिलिज हुने फिल्मको मंगलबार साँझदेखि अग्रिम बुकिङ खुला भएको हो ।
फिल्मले उच्च शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा २५ शो पाएको छ । काठमाडौं उपत्यका बाहिर २२ शो पाएको छ । क्यूएफएक्सका आउटलेटमा ४७ शो पाएको छ ।
आइएनआईले आफ्ना चारवटा आउटलेटमा १५ शो दिएको छ । वान सिनेमाजले कालीमाटीको आउटलेटमा चार शो दिएको छ । एफक्यूबले चार शो उपलब्ध गराएको छ ।
यस्तै हाराहारीमा अन्य मल्टिप्लेक्सले फिल्मलाई शो उपलब्ध गराएका छन् । फिल्म वितरक करण श्रेष्ठका अनुसार केही हलहरूले शो खोल्ने बाँकी रहेको जानकारी दिए । उनका अनुसार आज र भोलि बिहान सम्ममा देशभरका हलहरूको शो यकिन तथ्यांक आउने बताए ।
दीपेन्द्र के खनाल निर्देशित फिल्ममा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।
Facebook Comment