अत्याधुनिक चलचित्र छायांकन स्टुडियो प्रधानमन्त्रीबाट शिलान्यास
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरेका छन् ।
४२ रोपनी जग्गामा निर्माण हुने यो स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ ।
प्रधानमन्त्री निवास,बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन् ।
देशमा चलचित्र निर्माण सुरू भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुडियो निर्माण नभएको भन्दै चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।
Facebook Comment