सामाजिक सञ्जालमा राज र सनिषाको संवाद चर्चा
काठमाडौं । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा नायक राज कटुवाल र नायिका सनिषा भट्टराइले बोलेको संवादको अहिले सामाजिक संजालमा खुबै चर्चा भइरहेको छ । यो संवादमा टिकटक बनाउनेहरु प्रशस्त छन् ।
एक्सन, प्रेम, विछोड, वियोग, सस्पेन्स र थ्रीलर कथामा तयार भएको यो फिल्ममा दिवाकर भट्टराइको लेखन तथा निर्देशन छ ।
फिल्ममा राज र सनिषाको प्रेम देखाइएको छ । जहाँ, भनिएको छ–‘कोही मान्छे यति खास हुन्छन् कि जसलाई सास रहुन्जेलसम्म पनि बिर्सन सकिँदैन । तिमीलाई बिर्सिएर कसरी सास फेर्नु ।’
राजको यो संवादपछि सनिषाले भन्छिन्– ‘को हौं तिमी मेरो ।’ ट्रेलरमा समावेश यो संवाद अहिले चर्चामा छ । साथै, फिल्मको ट्रेलर सार्वजनिक भएपछि नायक राज कटुवालको एक्सनको पनि तारिफ भइरहेको छ ।
राज र सनिषा दर्शकले यो संवाद मन पराएकोमा दंग छन् । उनीहरुले, फिल्ममा दर्शकहरुले आफूहरुको प्रेमको विशेष पाटो हेर्न पाउने बताए ।
फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने यो फिल्मका निर्माता हुन् ।
यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, निर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।
Facebook Comment