पारस खड्काले उद्घाटन गरे एक्सपर्ट एजुकेशनको नयाँ शाखा

काठमाडौं— नेपाली विद्यार्थीलाई उच्च शिक्षा आर्जन गर्न सहजीकरण गर्ने तथा विदेशका शैक्षिक प्रतिष्ठानसँग समन्वय गराउने काममा सक्रिय रहेको एक्सपर्ट एजुकेशन नेपालले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा सोमबार विस्तार भएको चौथो शाखा हो भने नेपालको २५ औँ शाखा हो। एक्सपर्ट एजुकेशनले विश्वमा ७० भन्दा बढी शाखाबाट सेवा सञ्चालन गरिरहेको छ । नेपालमा २५ शाखा छन् भने काठमाडौं उपत्यकामा मात्रै चार शाखामार्फत काम गरिरहेको एक्सपर्ट एजुकेशन नेपालका नेपाल निर्देशक खेमराज संग्रौलाले जानकारी दिए ।

नयाँ शाखाको उद्घाटन गर्दै नेपाल क्रिकेट एशोसिएनका सचिव पारस खड्काले नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको सपनालाई एक्सपर्टले पूरा गर्ने गरेको पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

शाखाको उद्घाटन गर्ने क्रममा खड्काले एक्सपर्ट एजुकेशनले नेपालीको शैक्षिक विकाससँगै जीवनस्तर उकास्नेगरी काम गरिरहेको बताए ।

संस्थाको लक्ष्य पनि एक्सपर्टसँग जोडिने सबैलाई सहयोग गर्ने र सहज वातावरणमा काम गर्ने पाएको भन्दै उनले यसको शाखा विस्तारको हिस्सेदार बन्ने अवसर पाउँदा हर्सित भएको बताएका छन् ।

एक्सपर्ट एजुकेशन नेपालले नेपाली विद्यार्थीलाई बेलायत, अमेरिका, क्यानाडा, अस्ट्रेलियालगायतका देशमा उच्च शिक्षा अध्ययनको सहजीकरण गर्ने गरेको निर्देशक संग्रौलाले बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *