तुलसीराम निर्माणको घोषणा
काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर फिल्म ‘तुलसीराम’ निर्माण घोषणा गरिएको छ। फिल्म आगामी जेष्ठको अन्तिम साताबाट छायाङ्कनमा जाने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मको छायांकन काठमाडौं, चित्लाङ्ग र हेटौडाको विभिन्न ठाउँमा हुनेछ ।
एलआरआरको ब्यानरबाट निर्माण हुन् लागेको फिल्मको कथाकार, निर्देशक तथा निर्माता बाबुसाहेब बलामी हुन्। फिल्मको लेखक शंकर अधिकारी घायल हुन् । फिल्मको कार्यकारी निर्माता तथा द्वन्द निर्देशक देव महर्जनको रहने छ भने फिल्ममा बिकास चौधरी र शंकर कृष्ण घायलको संगीत रहने छ ।
पछिल्लो समयका चल्तीका कलाकारहरु राखेर निर्माण हुन लागेको चलचित्रमा पारिवारिक कथालाई जोड दिईने छ भने तुलसी र रामको कथालाई विशेष प्राथमिकता दिएर अगाडी बढाउने निर्माण पक्षले जानकारी दिएको छ ।
Facebook Comment