आज दोहोरो अंकले घट्यो सेयरबजार

काठमाडौं— साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज १२.५३ अंकले घटेको बजार २६४९.११ बिन्दुमा झरेर रोकियो । यो ०.४७ प्रतिशत गिरावट हो ।

आइतबार कुल ३ सय धितोपत्रको ८८ हजार ९ सय ५५ कारोबारबाट २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच भएको छ । आज १० अर्ब २० करोड २७ लाख १ हजार ३ सय ४४ रुपैयाँ बराबर कारोबार भएको छ ।

आइतबार होटल र पर्यटन उपसूचकमा उछाल देखिए पनि अन्य उपसूचक भने बढ्न सकेनन् । होटल र पर्यटनमा ६.५० प्रतिशतको वृद्धि देखिएको छ । यसबाहेक विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसूचक बढ्यो । अन्य उपसूचक घटेका छन् ।

आइतबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यी धितोपत्रको मूल्य क्रमशः २४५७.६० र २०३१.७० रुपैयाँ पुगेको छ ।

त्यस्तै हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य समेत धेरै बढेको छ ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाए । यस धितोपत्रको मूल्य ६.४५ प्रतिशतले घटेर ८ सय २५ रुपैयाँ कायम भएको छ ।

यसबाहेक गुह्येश्वरी मर्चेन्ट, सिनर्जी पावर, एचआईडीसीएलसहित धितोपत्रको मूल्यसमेत धेरैले घटेको छ । आज राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *