नीति तथा कार्यक्रमको पक्षमा मत हाल्न कांग्रेसले जारी गर्यो ह्वीप
काठमाडौं— नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम कुमार घिमिरेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेका हुन्।
आज प्रतिनिधिसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत हुँदैछ। बैठकमा अनिवार्य उपस्थित भएर तटस्थ नरहन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो।
यसअघि नेकपा एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदलाई ह्विप जारी गरेको थियो।
Facebook Comment