पाकिस्तानका उडान सुरु
काठमाडौं— भारत र पाकिस्तानबीच युद्धविराम हुने घोषणासँगै पाकिस्तानले आफ्नो नियमित उडान सुरू गरेको छ।
पाकिस्तान विमान प्राधिकरणले विज्ञप्ति जारी गरेर हवाई उडानहरू नियमित भएको जानकारी दिएको छ।
दुई देशबीच तनाव बढेपछि पाकिस्तानको प्राधिकरणले उडानहरू रोकेको थियो। रोकिएका सबै उडानहरू सञ्चालनमा आएको प्राधिकरणको भनाइ छ।
‘रोकिएका सबै हवाई उडानहरू सञ्चालन आएको छ। देशका सबै विमानस्थलमा उडानहरू सामान्य भएको जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
Facebook Comment