भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएकाे ट्रम्पकाे घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत दुई देशबीच युद्धबिरामका लागि सहमत भएको जानकारी दिएका छन् ।
ट्रम्पले अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएको जनाएका छन् । उनले आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन् । उनले लेखेका छन्, ‘सामान्य ज्ञान र महान बुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ ।’
Facebook Comment