बैंकिङ कसुर र सजायबारे आयो नयाँ कानुन
काठमाडौं— बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्दै बुधबारदेखि चेक अनादर (बाउन्स)सम्बन्धी नयाँ कानुन लागु भएको छ। सशोधिन ऐनमा बाउन्सको प्रक्रिया र सजाय हेरफेरसँगै बाउन्स गर्ने समय पनि परिवर्तन गरिएको छ।
यो संशोधनले ५ वर्षे हदम्याद बाँकी रहेका चेकको विषयलाई भने सम्बोधन गरेको छैन।जसले गर्दा ५ वर्षे हदम्याद पर्खिएकाहरूमाथि अन्याय भएको छ।
विनिमेय अधिकारपत्र ऐन, २०३४ ले ५ वर्षसम्म कानुनी उपचारमा जान पाउने व्यवस्था गरेको थियो। संशोधन गर्दा विनिमय ऐनको दफा १०७ (क) खारेज भएपछि कानुनी उपचारको पर्खाइमा रहेकाहरूलाई अन्याय भएको हो । अब १ वर्ष नाघेका चेकको कानुनी उपचार पाउने बाटो बन्द भएको छ ।
संशोधन गर्दा यसअघिदेखि नै ५ वर्षे हदम्याद पर्खिएर बसेकाहरूलाई सम्बोधन नगरेको उच्च अदालत बार एसोसिएसन विराटनगरका सचिव विनोद तिम्सिनाले बताए । उच्च बारले ५ वर्षे हदम्याद पर्खिएकाहरूलाई पनि सम्बोधन गर्न आग्रह गरेको छ ।
Facebook Comment