संसद्मा माओवादीको प्रश्न: विद्युत प्राधिकरणको हिसाव कुलमान कि हितेन्द्रदेवको ठीक ?
काठमाडौं— नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको जानकारी गराउन माग गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलले संसदमा हालसम्मको आर्थिक अवस्थाको जानकारी गराउन आग्रह गरेका हुन्।
उनले सरकारलाई संसदमा जानकारी गराउन सभामुखमार्फत सरकारलाई रुलिङ गर्न माग गरे।
उनले भने, ‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडियामार्फत जानकारी गराउनुभएका विद्युत प्राधिकरणका आम्दानी र खर्चको विवरणहरूले आम जनतामा अन्योल सिर्जना गरेको छ। त्यसैले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारे यस सदनलाई जानकारी गराउन सभामुखमार्फत रुलिङ होस्।’
Facebook Comment