महाराजधिराजमा वर्षा अनुबन्ध

काठमाडौं । फिल्म ‘महाराजधिराज’मा अभिनेत्री वर्षा शिवाकोटी अनुबन्धित भएकी छन् । उनलाई निर्माण पक्षले बिहीबार अनुबन्ध गरेको हो । फिल्ममा यसअघिआर्यन सिक्देल, रमेश उप्रेती र पल शाह अनुबन्ध भइसकेका छन् ।

यो लाइनअपसँगै निर्माणपक्षले फिल्ममा स्टार कलाकारको बाहुल्यता रहने सन्देश दिएको छ । स्टार कलाकार अनुबन्ध गर्दै लाइनअप बलियो बनेको सिनेमाप्रतिको अपेक्षा पनि बढ्दै गएको छ ।

परिच्छेद सेनको निर्देशन रहने फिल्ममा जय किशन बस्नेतको पनि अभिनय रहनेछ । फिल्म फूलपातीमा प्रदर्शन हुनेछ । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए ।

फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *