शर्मिलाको फिल्ममा प्रदीप र गौरव
काठमाडौं । निर्मात्री शर्मिला पाण्डेले निर्माण गर्ने नयाँ फिल्म निर्माण गर्ने भएकी छन् । फिल्ममा शर्मिला पुत्र सुरज पाण्डेको निर्देशन रहनेछ । सुरजले फिल्म ‘परस्त्री’मार्फत निर्देशनमा डेब्यू गरेका थिए ।
शर्मिलाले यसअघि उनले फिल्म ‘लभ लभ लभ’, ‘आमा’, ‘परस्त्री’ निर्माण गरिसकेकी छन् । शर्मिलाले फिल्मका लागि नायक प्रदीप खड्का र गौरव विष्टसँग कुराकानी गरेकी छिन् ।
प्रदीपसँग भेटपछि निर्मात्री पाण्डेले भनिन्–‘प्रदीपजीले ६ महिनापछि समय दिन सक्छु भन्नुभयो । केही समयपछि अमेरिका गएर सुरजसँग भेट गर्ने र स्क्रिप्ट पनि सुन्ने कुरा गर्नुभएको छ । हामी फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा नै गर्छौ ।’
शर्मिलाका अनुसार, यो फिल्ममा २ जना नायक हुनेछन् । गौरवलाई लिएर शर्मिलाले फिल्म ‘परस्त्री’ निर्माण गरेकी थिइन् । यस्तै, गौरव र प्रदीपले फिल्म ‘पिताम्बर’मा पनि सहकार्य गरेका थिए ।
Facebook Comment