अष्ट्रेलियापछि कास्कीको धम्पुसमा पीआर छायांकन
काठमाडौं । निर्देशक शोभित बस्नेतको फिल्म ‘पीआर’ को दोस्रो सेडयुल धम्पुसबाट सुरु भएको छ। अष्ट्रेलियामा ६० प्रतिशत छायांकन गरेको निर्माण टिमले बाँकी दृश्य कास्कीको धम्पुसबाट थालेको हो।
सोमबार निर्मण टिमले फिल्मको एक दृश्य बिहेको खिचेको छ। जहाँ दिक्पाल कार्की,नीर शाह,गौरी मल्ल,बिनिता कार्कीलाई देख्न सकिन्छ।
निर्देशक बस्नेतले फिल्मको ६० प्रतिशत अष्ट्रेलियामा र बाँकी दृश्य नेपालमा खिच्ने सेड्युल अनुसार नै काम भइरहेको बताए। उनले यतिबेला कास्कीको धम्पुसमा धमाधम छायांकन भइरहेको समेत जानकारी दिए। उनका अनुसार यो फिल्मको छायांकन धम्पुसका अलवा पोखरा,चितवन लगायतका ठाउँमा समेत खिचिने छ।
केही दिनअघि मात्रै निर्देशक बस्नेत अष्ट्रेलियामा सिनेमाको छायांकन सकेर नेपाल आएका हुन्। सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भइरहेको यस फिल्ममा नीर शाह,गौरी मल्ल,रबिन्द्र खड्का,उत्तम केसी,आर ए सुरज पौडेल, राजन कुँवर,विनिता कार्की,पुजा चौधरी बिमला खत्री आस्मा अधिकारी, कुशल थापा,गणेश बुढाथोकी कृष्ण थापा,म्याक्स र नवीन घायल लगायतको अभिनय रहने छ।
यस फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता रहेका छन्। फिल्ममा मानस राज र भिम बिसीको संगीत,रामजी लामिछानेको नृत्य,निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ।
फिल्ममा सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन,मुख्य सहायक निर्देशकमा रामजी राउत गणेश बुढाथोकी मणि तामाङ भने केवलमान सिंह बस्नेतको निर्माण व्यवस्थापक रहने छ।
Facebook Comment