माइतीघरमा प्रसन्न माग्ने बुढा

काठमाडौं । हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने वुढा’को लुक्स बाहिरिएको छ । सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ ।

मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्मलाई तामाङ संस्कृति सेरोफेरोमा निर्माण गरिएको छ । फिल्म आगामी दशैंको फूलपातीमा रिलिज हुँदैछ ।

यो फिल्मको छायांकन हाल म्याग्दीको ताकम गाउँमा भइरहेको छ । २० दिनसम्म ताकम गाउँमा र २० दिन दरबाङको तातोपानी क्षेत्रमा फिल्मको छायांकन हुने निर्माता रोहित अधिकारीले बताए ।

फिल्ममा युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।

सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा यो फिल्म निर्माण भइरहेको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *