अंग्रेजी नबोल्ने विद्यार्थीलाई दण्डित गर्ने कार्य बन्द होस्— महानगर

काठमाडौं— काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा अंग्रेजी नबोल्ने विद्यार्थीलाई दण्डित गर्ने कार्य बन्द गर्न निर्देशन दिएको छ ।

महानगर अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयहरुलाई निर्देशन दिदै शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएका केही विद्यालयहरूले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भन्ने गुनासो आएकोप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साथै महानगरले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशन दिएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *