सुनको मुल्य तोलामा ९ सयले घट्यो, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्यमा गिरावट जारी छ। आज (मंगलबार) पनि सुनको मुल्य ९ सय रुपैयाँले घटेर तोलामा १ लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ।

यसअघि सोमबार सुनको मुल्य १ लाख ६० हजार १ सय थियो ।

त्यस्तै,चाँदीको मुल्यमा पनि १५ रुपैयाँ घटेर तोलाको १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *