नेप्से परिसूचकमा २५ अंकभन्दा बढीको गिरावट, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेर २,६०९.६७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९६ प्रतिशतको गिरावट हो। यसअघि बिहीबार पनि नेप्से १८ अंकले घटेको थियो।

आइतबारको कारोबारमा ४४ कम्पनीका सेयरमूल्य वृद्धि भए भने १९३ कम्पनीका सेयर मूल्यमा गिरावट आएको छ। बाँकी ६ कम्पनीका सेयर मूल्य भने स्थिर रहे।

यस दिन ४६,६१४ पटक कारोबार हुदा ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच भएको छ। यी सेयरको कुल कारोबार रकम करिब ४ अर्ब रुपैयाँको आसपास रहेको छ।

यसअघि बिहीबार ७ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । जसको तुलनामा आइतबार कारोबार रकममा उल्लेखनीय गिरावट आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *