सुनको मूल्य तोलामा ८०० रुपैँयाले बढ्यो
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ। बुधबारको मूल्य १ लाख ५२ हजार ५०० रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधबार तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार १ हजार ८४० रुपैयाँमा पुगेको महासंघले जानकारी दिएको छ।
Facebook Comment