सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँ घट्यो

काठमाडौँ । आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय घटेको हो ।

शुक्रबार प्रतितोला एक लाख ५३ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर देखिएको छ ।

आज चाँदी प्रतितोला एक हजार आठ सय १० मा कारोबार भइरहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *