आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजारले बढेर १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलामा १ हजार ८१०रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य १ हजार ७९० रुपैयाँ कायम भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *